दमौली । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।
राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा अधिकारी उक्त पदकबाट विभूषित भएका हुन् । अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विभूषण प्रदान गरिन् ।
अधिकारीले तनहुँलाई कार्यक्षेत्र बनाएर दुई दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनी सेतीमादी दैनिकका सम्पादक हुन् ।