बन्दीपुरको अध्यक्षमा माओवादीबाट पूृर्णसिं, करुणा र जीवन सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको अध्यक्षमा माओवादीबाट पूृर्णसिं, करुणा र जीवन सिफारिस

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७९, आईतवार

    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पूर्णसिंह थापा, करुणा गुरुङ र जीवन कायस्थ सिफारिस हुनुभएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बन्दीपुर गाउँ कमिटीले अध्यक्षमा एक महिला सहित तीन जनाको नाम सिफारिस गरेको हो ।

    यसअघि अध्यक्षमा नौ जना आकाङ्क्षी भएपनि सर्वसम्मत रुपमा तीन जनाको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । पूर्णसिंह बहालवाला अध्यक्ष र करुणा उपाध्यक्ष हुन् ।

    नेकपा माओवादी केन्द्रले प्रत्येक जिल्लामा कम्तिमा एक जना महिला उम्मेदवार बनाउने निर्णय गरेकाले यसपटक बन्दीपुरको अध्यक्षमा करुणा गुरुङले टिकट पाउने सम्भावना बढेको छ । यस्तै एकपटक बहाल भएको पदमा पुनः नदोहो¥याउने नीतिका कारण पनि गुरुङले अध्यक्षको टिकट पाउने प्रवल सम्भावना छ ।

    गाउँपालिकाको उपाध्यक्षमा भने विद्या लामिछाने, भानुभक्त पोख्रेल र सिद्धान्त थापा सिफारिस भएका छन् ।

    २०७४ काे निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै लड्दा पनि माओवादीले अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेकाे थियाे ।