कृषि र पशुपालनबाट नगरवासीलाई समृद्ध बनाइनेछ : मेयर उम्मेदवार पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कृषि र पशुपालनबाट नगरवासीलाई समृद्ध बनाइनेछ : मेयर उम्मेदवार पौडेल

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७९, बिहीबार

    दमौली । भानु नगरपालिकाका मेयर उम्मेदवार श्रीराम पौडेलले कृषि र पशुपालनबाट नगरवासीलाई समृद्ध बनाउने बताएका छन् । कृषि र पशुपालन गर्ने नगरवासीको सङ्ख्या धेरै रहेकाले कृषकमैत्री नीति बनाउने पौडेलले बताए ।

    ‘कृषि र पशुपालनबाट नै नागरिकलाई धनी बनाउन सुरुरो दुई वर्षमै कृषि उत्पादन दोब्बर बनाउने गुरु योजना, नीति तथा कार्यक्रम लागू गरिनेछ,’ पौडेलले भने ।

    पौडेल यतिबेला नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानमा सक्रिय छन् । घरदैलो अभियानबाट उत्साह मिलेको उनले बताए। ‘घरदैलोका क्रममा नगरवासीको सुझाव लिएको छु, नगरवासीकै सुझाव अनुसार अगाडी बढ्नेछु,’ उनले भने ।