तनहुँ हाइड्रोबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा चार पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ हाइड्रोबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा चार पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७९, बिहीबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ हाइड्रोपावरको पेट्रोलपम्पबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा बिहीबार चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–४ बस्ने ३६ वर्षीय कृष्णबहादुर रानाभाट, लमजुङ वेशीशहर नगरपालिका–११ घर भई हाइड्रोपावरमा काम गर्ने ४९ वर्षीय साविजङ्ग तामाङ, ऋषिङ गाउँपालिका–७ बस्ने २१ वर्षीय गोरे भन्ने भिमबहादुर थापा मगर र ऋषिङ गाउँपालिका–१ झापुटार घर भई हाइड्रोपावरमा कार्यरत २३ वर्षीय देवन थापा मगर रहेको प्रहरीले जनाएको छ ।

    पम्पमा कार्यरत सावि जङ्ग तामाङ र देवन थापा मगरको मिलेमतोमा एक हजार लिटर डिजेल चोरी गरी चार वटा ड्रममा भरेरी ग १ त ६५०६ नम्बरको ट्याक्टरमा लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी झापुटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाविरुद्ध बिहीबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।