दमाैली । नेकपा एमाले र गोविन्दराज जोशी समूहबीच भएको तालमेलप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय युवा संघ व्यास नगर कमिटीका अध्यक्ष कृष्णकुमार श्रेष्ठ (जेके) ले राजिनामा दिएका छन् । व्यास नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका आकांक्षी श्रेष्ठले एमाले र जोशी समूहबीचको तालमेलप्रति असन्तुष्टि जनाउँदै राजिनामा दिएका हुन् ।
नेताहरुले आफूहरु नै निर्णायक हो भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै अरुको कुर्ची जोगाउन आफ्नो नैतिकतालाई बन्धक बनाउन नसक्ने श्रेष्ठले उल्लेख गरेका छन् ।