शुक्लागण्डकी-१२ का वडाध्यक्ष गुरुङद्वारा राजिनामा, पुन: सेवा गर्ने चाहना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    शुक्लागण्डकी-१२ का वडाध्यक्ष गुरुङद्वारा राजिनामा, पुन: सेवा गर्ने चाहना

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७९, शुक्रबार

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-१२ का वडाध्यक्ष मनराज गुरुङले राजिनामा दिएका छन् । गुरुङले शुक्रबार राजिनामा दिएका हुन् ।

    पॉच वर्षको अवधिमा वडावासीको शिर निहुरिने काम नगरेको उनले बताए । ‘२०७४ को निर्वाचनमा यहाँहरुले दिनु भएको ऐतिहासिक जिम्मेवारी कुशलताका साथ पूरा गरेको छु । वडामा पार्टीको तर्फबाट एक्लो प्रतिनिधि, फरक पार्टीको प्रमुख उपप्रमुख हुँदाको अप्ठ्यारो परिस्थितिमा सबैलाई समन्वय गर्दै समग्र फिरफिरेको विकासको मूल प्रवाहमा लैजानु कम चुनौतीपूर्ण थिएन,’ उनले भने, ‘मेरो पाँच वर्षे कार्यकाल जीवनकै महत्त्वपूर्ण सिकाइ भएको छ ।’

    पॉच वर्षको अवधिमा केही दीर्घकालीन कार्यहरुको सुरुवात गरिएको भन्दै उनले उद्यमी युवा समृद्ध फिरफिरे कार्यक्रम मार्फत कृषि उत्पादन, पर्यावरणमैत्री फिरफिरे, तमु हिल पार्क, मोटरबाटोहरुको स्तर उन्नति, खानेपानी, बहुउद्देश्यीय सामुदायिक भवन, ग्रामीण पर्यटन लगायत दलित,महिला,युवाहरुको मानवीय विकासमा काम भएको उनले बताए ।

    यस बीचमा भएका कमीकमजोरीलाई सुधार गर्दै पुन: एक पटक जनताको सेवा गर्ने निधो गरेको उनले बताए । ‘मैले प्राप्त गरेको अनुभव र इच्छाशक्तिलाई विश्वास गर्दै समृद्ध फिरफिरे निर्माण गर्ने अभिभारा पुनः प्राप्त गर्नेछु भन्ने बिश्वास लिएको छु,’ उनले भने ।