किन जुट्न सकेन तनहुँको गठबन्धनमा सहमति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किन जुट्न सकेन तनहुँको गठबन्धनमा सहमति ?

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७९, शनिबार

    दमौली । तनहुँमा चार दलबीच गठबन्धन गर्ने सहमति भएपनि भागबण्डा अझै टुंगिन सकेको छैन । शुक्रबार राति अबेरसम्म बसेको बैठकमा पनि गठबन्धनभित्र सहमति हुन नसकेको हो । शुक्रबार दिउँसो पनि गठबन्धनको बैठक बसेको थियो ।

    बैठकमा सहभागी एक नेताका अनुसार नेकपा एकीकृत समाजवादीका कारण गठबन्धनको टुंगो नलागेको हो । नेकपा एकीकृत समाजवादीले हैसियत भन्दा बढी सिट मागेपछि समस्या भएको उनले बताए ।

    नेकपा एसलाई भिमाद छाड्न कांग्रेस तयार देखिएको छ । तर नेकपा एसले भानु र शुक्लागण्डकीको मेयर माग गरेको छ। कांग्रेसले आफ्नो भाग सुरक्षित गरेर बॉकीमा भागबण्डा गर्नका लागि माओवादी र नेकपा एसलाई आग्रह गरेको छ।

    एक माओवादी नेताका अनुसार तनहुँमा नेकपा एसले माओवादी भन्दा बढी भाग खोजेको बताए । ‘माओवादी भन्दा नेकपा एस ठूलो जस्तो गरेर व्यवहार गर्न खोजिएको छ,’ उनले भने ।