दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, लगायतका साना दल र स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् ।
नेकपा एमालेबाट मेयरमा मुक्ति तिमिल्सना र उपमेयरमा फुलमाया वाग्लेले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट मेयरमा कृष्णराज पण्डितले उम्मेद्वारी दर्ता गराए । शुक्लागण्डकीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन हुने भएको छ । उपमेयरमा माओवादी केन्द्रका राजु विकले उम्मेद्वारी दर्ता गराएका छन् ।
एकीकृत समाजवादीबाट मेयरमा कमल गैरे र उपमेयरमा रेखा थापा बस्यालले उम्मेद्वारी दिए । राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरमा यामबहादुर आलेले उम्मेद्वारी दिएका छन् ।