तनहुँका यी पालिका प्रमुख, उपप्रमुख : जसले पुनः टिकट पाए (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका यी पालिका प्रमुख, उपप्रमुख : जसले पुनः टिकट पाए (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।

    तनहुँका केही पालिकामा कांग्रेस, एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाएका छन् । व्यास नगरपालिकाको मेयरमा कांग्रेसबाट वैकुण्ठ न्यौपानेले टिकट पाउँदा उपमेयर मीरा जोशीले टिकट पाइनन् ।

    देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेबाट दुर्गबहादुर थापा, आँबुखैरेनीको अध्यक्षमा कांग्रेसबाट गिरबहादुर थापा, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ, म्याग्देको अध्यक्षमा कांग्रेसबाट माया राना र उपाध्यक्षमा बालकृष्ण घिमिरे दोहोरिएका छन् । भिमाद नगरपालिकाको उपप्रमुखमा एमालेबाट शारदा खनाल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापा दोहोरिएका छन् ।