भानुमा वडाको विकास र समृद्धिका योजना सहित पन्त चुनावी दौडमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा वडाको विकास र समृद्धिका योजना सहित पन्त चुनावी दौडमा

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    भानु । स्थानीय तहको निर्वाचनको माहोल देशब्यापी रूपमा तातिरहेका बेला तनहुँमा समेत राजनैतिक सरगर्मी बढेको छ । नेकपा एमाले तनहुँका युवा नेता राजेश पन्तले आफ्ना योजनाहरुको दस्ता सहित भानु नगरपालिका-४ को वडा अध्यक्षका उम्मेदवारी दिएका छन्।

    विद्यार्थी राजनीति अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुँदै १७ औ महाधिवेशन सम्मेलनको प्रतिनिधि रहेका पन्त हाल पार्टीको वडा कमिटी सचिब सहित विभिन्न सामाजिक संघ सस्थामा आबद्ध छन् ।

    स्थानीय स्तरमा अन्नपुर्ण युवा कल्वको उपाध्यक्ष, जामुने स्वारा सामुदायिक वनको सचिव हुदै अध्यक्ष सम्म कुशलता जिम्मेवारी प्रदान गरेका पन्त वैदेशिक रोजगारीकै शिलसिला मध्यपुर्ब कतारमा रहँदा प्रबासी नेपालीहरुको दुख सुखद जुट्दै सामाजिक कार्यमा समेत सक्रिय थिए ।

    स्वदेशमा नै केही गर्नु पर्छ भन्दै वैदेशिक रोजगारलाई छाडेर स्वदेशमा व्यावसाय गर्दै सामाजिक एवम् राजनैतिक रूपमा सकृय उनी भानुका जनतामाझ लोकप्रिय छन्।

    पन्तको नेतृत्वमा वडा सदस्यहरुको उम्मेदवारमा अर्जुन बहादुर पाण्डे, राम बहादुर तामाङ, गीता ठाडा मगर थापा र मिना नेपालीले उम्मेदवारी दिएका छन् ।

    वडा अध्यक्षमा निर्वाचित भएमा आफ्नो वडालाई समुन्नत बनाउन जनता सामु प्रतिबद्धता पत्र सार्वजनिक गरेका उनले जनप्रतिनिधि जनताको शासक नभई सेवक भएको बताए।

    गरिब निमुखा जनताको सेवा नै प्राथमिकता रहेको बताउँदै उनले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।