आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका–३ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले एक हजार आठ मत सहित विजय हासिल गरेका हुन् ।
प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले छ सय पाँच मत प्राप्त गरेका छन् । नेकपा एमालेका पूर्णबहादुर आलेले चार सय ४९ मत प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित केसी यसअघि वडा सदस्यमा निर्वाचित भएका थिए ।
महिला सदस्यमा नेपाली काङ्ग्रेसका लक्ष्मी श्रेष्ठले छ सय ९०, दलित महिला सदस्यमा नेकपा माओवादीका शोभा विक छ सय ६३, खुल्ला सदस्यमा राप्रपाका मनाेजकुमार श्रेष्ठले छ सय ४३ र नेकपा माओवादीका खड्कराज थापाले पाँच सय ६४ विजयी भएका छन् ।