तनहुँमा पहिलो महिला वडाध्यक्ष निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पहिलो महिला वडाध्यक्ष निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    भानु । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन् । भानु नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी हुन् ।

    जिल्लाका ८५ वडामध्ये गणना भइरहेको ७१ वडामध्ये पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी हुन् ।

    तामाङले छ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर लामाले चार सय ६८ मत प्राप्त गरे ।

    महिला सदस्यमा नेपाली काङ्ग्रेसकै टकमाया गुरुङले सात सय ६५, दलित महिला सदस्यमा सावित्री सुनारले सात सय ५१, खुल्ला सदस्यमा तुलबहादुर गुरुङले सात सय ४४ र विवेक श्रेष्ले सात सय ७६ मत प्राप्त गरी विजयी भएका छन् ।

    परिवर्तनशिल महिला सामुदायिक विकास संस्था सञ्चालन गरेकी उनले विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै महिला सशक्तीकरणलाई जोड दिँदै काम गर्ने बताइन् । ‘युवाहरुसँग मिलेर काम गर्ने योजना छ । पशुपालन र कृषिलाई व्यवसायीकरण गर्नेछु,’ उनले अगाडी थप्दै भनिन्, ‘सुकुम्बासीको समस्या समाधान गर्न विशेष पहल गर्नेछु ।’ २०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लाको ऋषिङ गाउँपालिका–८ मा नेपाली कांग्रेसकी भविसरा आलेले निर्वाचित भएकी थिइन् ।