भाेलि रिस्तीमा पुन मतदान, मतदान क्षेत्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भाेलि रिस्तीमा पुन मतदान, मतदान क्षेत्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७९, मंगलवार

    दमाैली । व्यास नगरपालिका–८ स्थित गाविस भवन फेदी मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । गाविस भवन फेदी मतदान केन्द्र (क) र (ख) मा भोलि हुने पुनः मतदानका बेला बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

    उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमति प्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारी बाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।

    गत वैशाख ३० गते स्थानीय तह निर्वाचनका क्रममा व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीमाथि मतदान केन्द्रभित्रै आक्रमण भएपछि निर्वाचन आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।