ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काङ्ग्रेस विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काङ्ग्रेस विजयी

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७९, मंगलवार

    ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ तीन हजार तीन सय ३५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गरे । नेकपा एमालेका हरिराज कंडेलले दुई हजार सात सय ९२ मत प्राप्त गरे ।

    उपाध्यक्षमा गिनुमाया थापा चार हजार चार सय २९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुसिं थापाले तीन हजार चार सय ८९ मत प्राप्त गरे । विजयी थापा पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

    १८ हजार आठ सय ३८ मतदाता रहेको गाउँपालिकामा दश हजार छ सय ७७ मत खसेको थियो ।

    आठ वडा रहेको गाउँपालिकामा नेपाली काङ्ग्रेसले पाँच, स्वतन्त्र उम्मेदवारले दुई र नेकपा माओवादी केन्द्रले एक वडामा जित हासिल गरेको छ ।

    नेपाली काङ्ग्रेसबाट वडा नम्बर २ मा दलबहादुर थापा, ३ मा भिमबहादुर थापा, ४ मा प्रेमराज श्रेष्ठ, ५ मा बुद्धिमान राना र ६ मा भक्तबहादुर आले विजयी भएका छन् । वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्रबाट दुर्गाबहादुर थापा र वडा नम्बर ८ मा स्वतन्त्रबाटै भरतकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

    नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ मा कुशबहादुर थापा निर्वाचित भएका छन् ।