दमाैली । तनहुँको व्यास नगरपालिकाको आठ वडाको नतिजा सार्वजनिक भएको छ । जेठ ४ गतेदेखि सुरु भएको मतगणना अनुसार आज बिहानसम्म आठ वडाको नतिजा सार्वजनिक भएको हो ।
व्यास नगरपालिका १, २, ३, ४, ५, ६, ७ र ८ को नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १, २, ३, ६ र ८ मा नेपाली काङ्ग्रेस र ४, ५ र ७ मा नेकपा एमालेले विजय हासिल गरेको छ ।
व्यास नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, खुल्ला सदस्यमा पूर्णबहादुर थापा, मणिजङ बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ, दलित महिला सदस्यमा सुनिता सुनार निर्वाचित भएका छन् ।
वडा नम्बर २ को अध्यक्षमा काशीराम श्रेष्ठ, खुल्ला सदस्यमा सुरेश वाग्ले, जगतबहादुर क्षेत्री, महिला सदस्यमा साना रफत मियाँ, दलित महिला सदस्यमा सविता रसाइली निर्वाचित भएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा अनुप राना, खुल्ला सदस्यमा शान्तिरमण वाग्ले, दधिराज सुवेदी, महिला सदस्यमा विनु श्रेष्ठ र दलित महिला सदस्यमा श्रीमाया विक निर्वाचित भएका छन् ।
वडा नम्बर ४ को अध्यक्षमा मनबहादुर गुरुङ, खुल्ला सदस्यमा सरोज भण्डारी, कर्णबहादुर गुरुङ, महिला सदस्यमा गौकुमारी न्यौपाने र दलित महिला सदस्यमा राधा विक निर्वाचित भएका छन् ।
वडा नम्बर ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् । खुल्ला सदस्यमा खिमबहादुर थापा, सुन्दर वाग्ले, महिला सदस्यमा केशरीमाया थापा र दलित महिला सदस्यमा लक्ष्मी विक निर्वाचित भएका छन् ।
वडा नम्बर ६ को अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन् । खुल्ला सदस्यमा ढालप्रसाद घिमिरे, सूर्यकान्त काफ्ले, महिला सदस्यमा बालकुमारी श्रेष्ठ र दलित महिला सदस्यमा बुद्धिमाया विक निर्वाचित भएका छन् ।
वडा नम्बर ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी भएका छन् । खुल्ला सदस्यमा टिकाबहादुर गुरुङ, सुवास वाग्ले, महिला सदस्मा निला घिमिरे र दलित सदस्यमा सरस्वती विक निर्वाचित भएका छन् ।