दमाैली । व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । जेठ ४ गतेदेखि जारी मतगणना अनुसार आज साँझसम्मको नतिजा अनुसार प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेसले अग्रता लिएको हो ।
नेपाली काङ्ग्रेसबाट व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपानेले आठ हजार एक सय ३८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सात हजार नौ सय ८२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली काङ्ग्रेसका इन्दिरा दरैले आठ हजार पाँच सय प्राप्त गरेकी छन्। प्रतिस्पर्धी नेकपा एमालेका बसुन्धरा घर्तीले छ हजार पाँच सय ३७ मत प्राप्त गरेकी छन् ।