पुनः मतगणनाका लागि कानूनी बाटो अवलम्बन गर्छु : दीपकराज जोशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुनः मतगणनाका लागि कानूनी बाटो अवलम्बन गर्छु : दीपकराज जोशी

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७९, बुधबार

    दमाैली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाका लागि कानूनी बाटो अवलम्बन गर्ने बताएका छन् । व्यास नगरपालिकाको प्रमुखमा झिनो मतान्तरले पराजित भएपछि बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै जोशीले मतगणनामा षड्यन्त्र गरिएको बताउँदै कानूनी बाटोमा जाने विचार गरेको बताएका हुन् ।

    “वडा नम्बर १ देखि ८ सम्म मैले जितेको परिणाम सुनाइराखिएको थियो, वडा नम्बर ९ देखि १४ सम्म विपक्षीको डिजाइमा षड्यन्त्रपूर्वक मेरो विपक्षमा परिणाम निकाल्न थालियो,” उनले भने ।

    वैशाख ३० गते व्यास ८ गाविस भवन फेदीमा आफूमाथि गरिएको सांघातिक आक्रमण सुनियोजित र षड्यन्त्रमूलक थियो भन्ने कुरा घटनामा आफूमाथि गरिएको प्रहार र गाडीमा पु¥याइएको क्षतिले स्पष्ट हुने जोशीको भनाई थियो । “मतपत्र च्यात्यो भनी मलाई लागेको आरोपको सम्बन्धमा मेरो र नेकपा एमालेको एजेन्ट मतदान केन्द्र भन्दा बाहिर रहेको र नेपाली कांग्रेसको एजेन्टमात्र राखी मतदान गरिएको र मतदान अधिकृतसँग असहमति हुँदा पनि मतदान कार्य निरन्तरता दिँदा त्यसो नगर्नुस् भन्दा म माथि सांघातिक आक्रमण गरी म बेहोस भएकाले त्यसपछि के भयो मलाई थाहा छैन, मैले केही पनि गरेको छैन ।” उनले भने ।

    स्वास्थ्य ठिक भएपछि घरदैलोमा आउँछु

    प्रमुखका उम्मेदवार जोशीले आफ्नो स्वास्थ्य अझै ठिक नभएकाले स्वास्थ्यमा सुधार आएपछि सम्पूर्ण मतदाताको घरदैलोमा आउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य लाभपछि व्यास नगरपालिकाका सबै वडाहरुमा आफै उपस्थित भई मतदातालाई धन्यवाद दिने जोशीले बताए ।

    जोशीले आफ्नो स्वास्थ्य लाभको कामना गर्दै प्रगाढ माया दर्शाउने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरु सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

    व्यास नगरपालिकाका उपप्रमुखका उम्मेदवार बसुन्धरा घर्तीले हार्दैमा जीवन नसिकने बताउँदै व्यास नगरपालिकाको समृद्धिमा सदैव क्रियाशील रहने बताइन् । व्यास नगरपालिकाका हरेक गलत क्रियाकलापमा औंला उठाउने घर्तीले बताइन् ।

    कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङ, ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) लगायत विभिन्न वडाका उम्मेदवार सहभागी थिए ।