आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा नेकपा माओवादी केन्द्रका ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।
महिलातर्फ बसुन्धरा गौली, सुशीला नेपाली, सम्झना सुनार, सुनकुमारी गुरुङ, दलित वा अल्पसङ्ख्यकतर्फ गङ्गा विक र भूगोल विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आँबुखैरेनीले जनाएको छ ।
आँबुखैरेनीमा नेकपा माओवादी केन्द्रको बहुमत भएकाले कार्यपालिका सदस्य निर्वाचनका लागि अन्य पार्टीका तर्फबाट उम्मेदवारी परेको थिएन ।