नीति, बजेट तथा कार्यक्रम तर्जुमामा जुट्यो व्यास नगरपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नीति, बजेट तथा कार्यक्रम तर्जुमामा जुट्यो व्यास नगरपालिका

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७९, शुक्रबार

    दमाैली । व्यास नगरपालिका आगामी आर्थिक वर्ष ०७९÷८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा जुटेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि प्रत्येक वडामा सुझाव सङ्कलन गर्न लागेको हो ।

    जेठ १६ गतेदेखि २७ गतेसम्म सबै वडामा सुझाव सङ्कलन कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।

    जेठ १६ गते वडा नम्बर १ र १४, १७ गते वडा नम्बर २ र १३, १९ गते वडा नम्बर ३ र १२, २३ गते वडा नम्बर ४ र ११, २४ गते वडा नम्बर ५ र ६, २५ गते वडा नम्बर ७ र ८, २७ गते वडा नम्बर १० र ९ गते सुझाव सङ्कलन गरिनेछ । यसैगरी जेठ २१ गते व्यास नगरपालिकामा योजना तर्जुमा गोष्ठि आयोजना गरिनेछ ।

    सुझाव सङ्कलन कार्यक्रममा निवर्तमान एवं पूर्व जनप्रतिनिधि, राजनैतिक दल प्रतिनिधि, प्रत्यासी उम्मेदवार, टोल विकास संस्था, आमा समूह प्रतिनिधि, क्याम्पस विद्यालय प्रतिनिधि, अन्य सङ्घसंस्थालाई सहभागी हुन आग्रह गरिएको छ ।