तनहुँका नाै पालिकामा कार्यपालिकाले पूर्णता पायो, कहाँ कसकाे बहुमत ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका नाै पालिकामा कार्यपालिकाले पूर्णता पायो, कहाँ कसकाे बहुमत ?

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७९, बिहीबार

    दमाैली । तनहुँका दश स्थानीय तहमध्ये नाै स्थानीय तहमा कार्यपालिकाले पूर्णता पाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाका नाै पालिकामा कार्यपालिकाले पूर्णता पाएको हो । व्यास नगरपालिकामा मात्रै कार्यपालिका सदस्य चयन हुन बाँकी छ ।

    बिहीबार मात्रै भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।

    भिमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाइसकेको छ ।

    कार्यपालिकाले पूर्णता पाएकामध्ये भानु, देवघाट, म्याग्दे, ऋषिङमा नेपाली काङ्ग्रेसको बहुमत पुगेको छ भने बन्दीपुरमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको बहुमत पुगेको छ । भिमाद, घिरिङ र शुक्लागण्डकीमा नेकपा एमालेको र आँबुखैरेनीमा नेकपा माओवादी केन्द्रको एकल बहुमत पुगेको छ ।

    व्यास नगरपालिकाको कार्यपालिका चुनावका लागि भने कार्यतालिका प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्य निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको हो ।

    तालिका अनुसार जेठ १९ गते उम्मेदवारको नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशित गरिनेछ । जेठ २० गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । यस्तै जेठ २१ गते मनोनयन र २५ गते मतदानको कार्यतालिका रहेको छ ।

    नगरपालिकामा आठ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पाँच जना महिला वडा सदस्यबाट र तीन जना दलित÷अल्पसङ्ख्यकबाट निर्वाचित हुने प्रावधान रहेको छ । व्यास नगरपालिकामा नेपाली काङ्ग्रेसको बहुमत रहेकाले सबै कार्यपालिका सदस्य कांग्रेसबाटै निर्वाचित हुने निश्चित छ ।