‘आधारहीन आरोप लगाई काङ्ग्रेससँगको आबद्धतामा प्रहार गर्न खोजियो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘आधारहीन आरोप लगाई काङ्ग्रेससँगको आबद्धतामा प्रहार गर्न खोजियो’

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०७९, शुक्रबार

    दमाैली । नेपाली काङ्ग्रेस व्यास नगरपालिका–७ का नेताहरुले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भनी आधारहीन आरोप लगाइएको बताएका छन् । उक्त वडाका ११ जना नेताहरुले शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी अनर्गल, आधारहीन र असत्य आरोप लगाई मानमर्दन र लामो प्रजातान्त्रिक यात्रा तथा काङ्ग्रेससँगको आबद्धतामा प्रहार गर्न खोजिएको उल्लेख गरेका छन् ।

    प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका व्यास–७ का क्षेत्रीय प्रतिनिधि कुलचन्द्र वाग्लेले निराधार, पूर्वाग्रही, प्रमाणहिन, कपोलकल्पित आरोप लगाई पार्टीबाट निष्काशित गर्न नगरसमिति मार्फत् जिल्ला कार्यसमिति समक्ष सिफारिस गरिएको घटनाप्रति खेद प्रकट गरे ।

    पाँच वर्ष वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेको व्यक्तिलाई पुनः पार्टीको आधिकारिक उम्मेदवार बनाइएको र सबै वडा सदस्य विजयी हुँदा एक वडाध्यक्ष मात्र पराजित भएको कारण पाँच वर्षको अवधिमा स्थानीय मतदाता, जनता, कार्यकर्ता र नेतालाई विश्वासमा लिन नसकेको प्रमाणित भएको वाग्लेले बताए ।

    कार्यक्रममा वडाका उपसभापति सिकन्दरप्रसाद गुरुङले काङ्ग्रेसका सबै कार्यकर्तालाई चुनावी प्रचारप्रसारमा प्रेरित गरेर खट्दापनि पूर्वाग्रही रुपमा आफूहरुमाथि निराधार आरोप लगाइएको बताए। गुरुङले कारवाहीको सिफारिसकर्ताप्रति समेत छानबिन गरी सत्यतथ्य पत्ता लगाई आवश्यक कदम चाल्न माग गरे ।