दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा हिलोमा बस फस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार राति परेको वर्षाका कारण राजमार्गमा लेदो सहितको हिलोमा बस फसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
लेदो हटाएर बाटो खुलाउने काम भइरहेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त ठाउँमा कल्भर्ट निर्माण हुँदै गरेको थियो । पानीको निकास नभएपछि सडकमै लेदो जमेपछि बस फसेर पृथ्वीराजमार्ग बुधबार राति १० बजेदेखि अवरुद्ध भएको थियो । राजमार्ग सुचारु हुन अझै एक घण्टा लाग्ने श्रेष्ठले बताए।