दमौली । मुग्लिन पोखरा सडकखण्ड विस्तारका क्रममा रिटेनिङ वाल निर्माणमा गुणस्तरहीन काम भएको खबरदारी गरिएको छ । पृथ्वीराजमार्गको तनहुँ खण्डमा रिटेनिङ वाल निर्माणका क्रममा गुणस्तरहीन काम भएको खबरदारीपछि तत्कालै उक्त काम रोकिएको छ ।
रिटेनिङ वाल निर्माणका क्रममा प्लाष्टरको बालुवाले काम गरेको सर्वसाधारणको खबरदारीपछि उक्त काम रोकिएको छ । पहिरो नियन्त्रणका लागि आयोजनाले रिटेनिङ वाल बनाइरहेको छ ।
व्यास नगरपालिका-५ कन्टारमा शनिबार यो काम रोकिएको छ । सैलुङ कन्सट्रक्सन प्रालिले गल्ती स्वीकारेको छ ।
मुग्लिङ सडक आयोजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले कामको अनुगमन गरी यस्ता काम भएको ठाउँमा तत्कालै रोकिने जानकारी दिएका छन्।