भानु । तनहुँको भानु नगरपालिका–९ मा करेन्ट लागेर साेमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।