दमौली । बुल्दीखोलाले बगाएर घाइते व्यास नगरपालिका-११ निवासी युविना थापाको उपचारका लागि टिम नेपो तनहुँले आर्थिक सहयोग गरेको छ ।
पाठेघरमा काठको टुक्रा पसेर घाइते उनको उपचारमा सहयोग पुर्याउन संस्थाले १० हजार सहयोग गरेको हो।
संस्थाका अध्यक्ष रवि अधिकारीले विद्यालयमा पुगेर विव्यस अध्यक्ष मार्फत् बालिकालाई उक्त रकम प्रदान गरेका छन् ।
बालिकाको बारेमा समाचार प्रकाशित भएपछि सहयोग जुट्ने क्रम जारी छ ।