दमौली । भ्रष्टाचार र मूल्यवृद्धिको विरोधमा राप्रपा तनहुँले शुक्रबार सॉझ दमौलीमा रॉके जुलुस निकालेको छ। राप्रपाले अनसन चोकदेखि सफासडक हुँदै मुख्यचोकसम्म रॉके जुलुस निकालेको हो ।
देशमा बढेको भ्रष्टाचार, बेथिती र मूल्यवृद्धिका विरुद्ध आवाज बुलन्द गर्न रॉके जुलुस निकालिएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए।