ग्रिन डेभलपमेन्ट बैंककाे दमाैलीमा घरदैलाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ग्रिन डेभलपमेन्ट बैंककाे दमाैलीमा घरदैलाे

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७९, शनिबार

    दमाैली । ग्निन डेभलपमेन्ट बैंक दमाैली शाखाले शनिबार बजार क्षेत्रमा घरदैलाे गरेकाे छ । बै‌ककाे सेवा घरघरमै भन्ने मूल नारा सहित घरदैलाे अभियान गरिएकाे हाे ।

    घरदैलाेकाे क्रममा बैंकले प्रदान गर्ने सेवाका बारेमा सर्वसाधारणलाई जानकारी गराउनुका साथै खाता खाेल्न सहयाेग गरिएकाे शाखा प्रबन्धक सुदीप न्याैपानेले जानकारी दिए ।

    घरदैलाेमा बैंकका कायम मुकायम नायब प्रबन्धक हरिबहादुर बुढाथाेकी, बजारीकरण विभाग प्रमुख संयुक्त ढाक्वा लगायतकाे सहभागिता थियाे ।

    व्यास नगरपालिका–२ सफासडकमा केही समय अगाडी मात्रै बैंककाे शाखा सञ्चालनमा आएकाे थियाे । समृद्धिका लागि लागि सहकार्य भन्ने नारा लिएको यस बैंकको केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको छ ।

    सहर र गाउँ दुवैलाई सरल र छिटो प्रक्रियाबाट बैंकिङ सेवा उपलब्ध गराउने दमौली शाखाका प्रबन्धक न्यौपानेले जानकारी दिए । आवास, गाडी, शिक्षा, व्यापार, कृषि फर्म साना तथा मझौला उद्यमी कर्जा प्रकृया पुगेको दुई दिन भित्रै प्रदान गरिने न्यौपानेले बताए । ‘सहरमा मात्रै केन्द्रित नभई निम्न आय स्तर भएका तथा उद्यम गर्न चाहने युवा वर्गलाई सहज र सरल तरिकाबाट ऋण प्रवाह गर्छौ’ प्रबन्धक न्यौपानेले भने । बैंकमा शुन्य मौजातमा पनि खाता खोल्न सकिनेछ ।