दमौली । युथ कांग्रेस नेपालको महामन्त्रीमा तनहुँका राजेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । कूल ३९ मतमध्ये खसेको ३८ मतमा २० मत प्राप्त गरी श्रेष्ठ महामन्त्रीमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ युथ कांग्रेस तनहुँका अध्यक्ष समेत हुन् । उनी नेपाली कांग्रेस प्रदेश सभा २ (क) का सचिव हुन् ।
युथ कांग्रेसले देशका विभिन्न जिल्लामा संगठन विस्तार गरेको छ । युथ कांग्रेसको केन्द्रीय अध्यक्षमा सचिन तिमिल्सिना छन् ।