गण्डकीका कानूनमन्त्री थापा र नायक प्रदीप खड्काबीच भेटघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका कानूनमन्त्री थापा र नायक प्रदीप खड्काबीच भेटघाट

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७९, बिहीबार

    पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको छ । विहिबार मन्त्रालयमा उनीहरुको भेट भएको हो । भेटका क्रममा नायक तथा कलाकार प्रदीप खड्काले असोज ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत ३’ का विषयमा जानकारी गराएका थिए ।

    उनले चलचित्र गण्डकी प्रदेशकै मनाङ जिल्लामा छायांकन गरिएको र उक्त चलचित्र लाई सफल पार्न प्रदेश सरकारबाट समेत सहयोग हुनुपर्ने बताए। प्रदीपले मन्त्री थापालाई चलचित्रको ट्रेलर समेत देखाएका थिए । टेलर हेर्दै मन्त्री थापाले चलचित्र मार्फत प्रदेशको सामाजिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छन् ।

    ‘प्रदेशको मनाङ जिल्लामा छायाँकन गरिएको चलचित्र प्रेम गीत ३ का विषयमा जानकारी पाउँदा अत्यन्त खुशी छु । विभिन्न भाषामा डबिङ गरी विश्वभर नै एकैसाथ प्रदर्शन हुने चलचित्र मार्फत यहाँको सामाजिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्नेमा आशावादी छु ।’, उनले भने ।

    मन्त्री थापाले प्रदेश सरकारले पनि चलचित्र विकास बोर्डको गठनको तयारी गरिरहेको जानकारी गराए । उनले चलचित्र क्षेत्रको सम्बद्र्धन, पवद्र्धन र उत्थानका लागि गण्डकी सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै मन्त्री थापाले भदौ १० गतेदेखि प्रदर्शनमा आउन लागेको प्रदीप अभिनित चलचित्र ‘प्रकाश’को पनि सफलताको शुभकामना व्यक्त गरेका छन् ।