प्राईम लाईफ इन्स्योरेन्सका ५० अभिकर्तालाई तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्राईम लाईफ इन्स्योरेन्सका ५० अभिकर्तालाई तालिम

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । प्राईमलाइफ इन्स्योरेन्स कम्पनी लि. दमौली शाखाका एजेन्सी म्यानेजर लगायत सकृय अभिकर्तालाई उत्प्रेरणा तालिम प्रदान गरिएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९/०८० मा जारी गरेको विमितमैत्री पोलिसीको बारेमा जानकारी गराउने उद्धेश्यले तालिम प्रदान गरिएको दमौली शाखाले जनाएको छ ।

    तालिममा दमौली र गोरखाका सकृय अभिकर्ता सहभागी थिए । इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख शिव पौडेलले सहभागी अभिकर्तालाई तालिम प्रदान गर्दै विमा गराउनु भनेको जोखिमलाई न्युनिकरण गर्नुमात्र नभई भावी सन्ततीको आधार समेत भएको बताए ।

    बीमा गराउनुपर्छ भन्ने आम नागरिकमा अझै पनि चेतना जाग्न नसकेकोले अभिकर्ताहरुले विमाको बारेमा जानकारी गराउन आवश्यक रहेको उनले बताए । भाद्र मसान्तभित्र उत्कृष्ट विमा पोलिसी विक्रि गर्ने अभिकर्तालाई मोटरसाईकल र स्कुटर समेत पुरस्कार रहेको कम्पनीले जनाएको छ ।

    तालिमको अवसरमा आर्थिक बर्ष २०७८÷०७९ मा उत्कृष्ट कार्य गरी कम्पनीमार्फत बीमा गराउन सफल ३० जना एजेन्सी म्यानेजरहरुलाई दोसल्ला, प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै सवैभन्दा धेरै विमा रकम संकलन गर्ने एजेन्सी म्यानेजर सुर्य श्रेष्ठलाई छालाको झोला र मायाको चिनोबाट सम्मान गरिएको थियो । आम नागरिकलाई विमा गराउन अभिप्रेरित गराउन महत्वपूर्ण भुमिका निर्वाह गरी कम्पनीलाई योगदान पु¥याएको भन्दै शुभचिन्तक प्रताप पण्डितलाई समेत मायाको चिनोले सम्मान गरिएको थियो ।

    तालिमपछि कम्पनीले लिएको हित अनुसार सर्वसाधारणलाई विमा गराई आगामी ३० दिनभित्र एजेन्सी म्यानेजर हुने गरी काम गर्न अभिकर्ताहरुले प्रतिवद्धता व्यक्त गरेका थिए । कम्पनीले विमितको हितमा जारी गरेको विमा पोलिसीको बारेमा जानकारी दिई अभिकर्तालाई उत्प्रेरित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको कम्पनी दमौली शाखाका प्रमुख भिमसिंह ठकुरीले जानकारी दिए ।