जातीय विभेद हटाउन सामूहिक रक्षाबन्धन (फाेटाे/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जातीय विभेद हटाउन सामूहिक रक्षाबन्धन (फाेटाे/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । जातीय विभेद हटाउन र धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले दमौलीमा सामूहिक रक्षाबन्धन गरिएको छ । जनैपूर्णिमाको अवसरमा ब्राम्हण समाज नेपाल तनहुँले शुक्रबार सामूहिक रक्षाबन्धन गरेको हो ।

    जातीय सद्भाव, धार्मिक सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले गत वर्ष झै यस वर्षको जनैपूर्णिमाको अवसरमा पनि सामूहिक रक्षाबन्धन गरिएको समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । सामूहिक रक्षाबन्धनमा विभिन्न जातजाति र समुदायका व्यक्तिको सहभागिता रहेको छ ।

    “धर्म संस्कृतिको संरक्षण गर्दै जातीय विभेद अन्त्यका लागि यो अभियान सञ्चालन गरेका हौ,” उनले भने, “सामूहिक रक्षाबन्धनमा जुनसुकै जातिका व्यक्तिहरुले पनि आएर रक्षाबन्धन गर्न सक्नुहुनेछ ।” बिहान ९ बजेदेखि सुरु सामूहिक रक्षाबन्धन दिउँसो १२ बजेसम्म सञ्चालन गरिएकाे थियाे ।

    समाजमा अझै पनि जात जातका बीचमा असमानता र विभेद रहेकाले त्यस्ता विभेद अन्त्य गर्न समाजले सामूहिक रक्षाबन्धन आयोजना गरेको समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले जानकारी दिए ।

    ब्राम्हण समाज नेपाल तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन । Video : Khabarpunja

    Posted by Khabarpunja on Thursday, August 11, 2022

    जनैपूर्णिमामा धागो बाँधेपछि व्यास नगरपालिका–२ निवासी कृष्ण रुचालले समाजमा जातीय विभेद हटेर गइरहेको कार्यक्रमले पुष्टि गरेको प्रतिक्रिया दिए ।

    सनातन हिन्दु धर्मावलम्बीच समान व्यवहार र जातीय विभेद हटाउने ब्राम्हण समाजको मूल उद्देश्य रहेको छ ।