ऑबुखैरेनीमा आजदेखि टोलमै पुगेर व्यवसाय दर्ता/नवीकरण र कर संकलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा आजदेखि टोलमै पुगेर व्यवसाय दर्ता/नवीकरण र कर संकलन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले आइतबारदेखि टोलमै पुगेर व्यवसाय दर्ता/नवीकरण र कर संकलन अभियान सुरु गर्न लागेको छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्य सहित टोलटोलमै पुगेर यो अभियान सुरु गर्न लागिएको हो ।

    ऑबुखैरेनी-३ स्थित मनकामना चोकदेखि यो अभियान सुरु हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    अभियानका क्रममा व्यवसाय दर्ता तथा नविकरणमा २० प्रतिशत छुट दिइएको छ। त्यस्तै हालसम्मको जरिवाना रकम पनि छुट गरिने बताइएको छ।

    व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट दिइनेछ। अभियानका क्रममा आवश्यक पर्ने निवेदन, नविकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा समेत गाउँपालिकाले उपलब्ध गराउनेछ ।