एमालेद्वारा बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय संगठनात्मक कार्यशाला सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेद्वारा बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय संगठनात्मक कार्यशाला सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा संगठनात्मक कार्यशाला सञ्चालन गरेको छ । सोमबारसम्म सञ्चालन हुने कार्यशालाको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

    कार्यशालाको पहिलो दिन आइतबार एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गरेका छन् ।

    कार्यशालामा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष, उपाध्यक्ष, सचिवको सहभागिता रहेको छ ।