भदौ १ गतेदेखि छाब्दी मन्दिर भक्तजनका लागि खुल्ने, स्थानीयले गरे सरसफाई (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भदौ १ गतेदेखि छाब्दी मन्दिर भक्तजनका लागि खुल्ने, स्थानीयले गरे सरसफाई (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर भदौ १ गतेदेखि भक्तजनलाई खुल्ला गरिने भएको छ । साउन महिनाभर पूजाआजा बन्द भएको मन्दिर भदौ १ गतेदेखि खुल्ला हुन लागेको हो ।

    छाब्दीवाराही मन्दिरमा प्रत्येक वर्ष साउन महिनामा पूजाआजा हुँदैन । साउन १ देखि ५ गतेसम्म धूप समेत नबालिने मन्दिरमा ५ गतेदेखि भने पूजारीले मात्र नियमित पूजाआजा गर्ने प्रचलन रहेको छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिए ।

    May be an image of 7 people, tree and outdoors
    May be an image of 2 people and outdoorsMay be an image of 5 people and outdoors

    भदौ १ गतेदेखि मन्दिर खुल्ला हुने भएपछि सोमबार स्थानीयले मन्दिर वरपर सरसफाई गरेका छन् । वाराही रजबाम युवा क्लवमा आबद्ध युवाहरुले मन्दिर क्षेत्रको सरसफाई गरेका हुन् ।