दर्ता अभियानको चौथो दिन : ५० व्यवसाय दर्ता, १४ नवीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    दर्ता अभियानको चौथो दिन : ५० व्यवसाय दर्ता, १४ नवीकरण

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७९, बुधबार

    दमाैली । आँबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर सुरु गरेको दर्ता अभियानको चौथो दिन ५० व्यवसाय दर्ता भएको छ । प्रत्येक टोलमा पुगेर सेवा दिने उद्देश्यसहित सुरु अभियानको चौथो दिन बुधबार ५० व्यवसाय दर्ता भएको हो ।

    आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनीचोकमा आयोजित दर्ता अभियानमा १४ व्यवसाय नवीकरण भएको छ भने ६४ जनाले मालपोत तथा सम्पत्ति कर तिरेको राजश्व शाखा प्रमुख निरोज श्रेष्ठले जानकारी दिए ।

    शिविरका क्रममा व्यवसाय दर्ता नवीकरणमा २० प्रतिशत छुट दिइएको छ । त्यस्तै हालसम्मको जरीवाना रकम पनि छुट गरिने बताइएको छ ।

    व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट सुविधा दिइनेछ । शिविरमा आवश्यक पर्ने निवेदन, नवीकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।