जनता समाजवादी पार्टीद्वारा तनहुँँबाट उम्मेदवार सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनता समाजवादी पार्टीद्वारा तनहुँँबाट उम्मेदवार सिफारिस

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७९, मंगलवार

    दमाैली । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

    पार्टीको मङ्गलबार सम्पन्न बैठकले तनहुँका दुई सङ्घीय क्षेत्र र दुई प्रदेशसभा क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

    तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा मगरलाई सिफारिस गरिएको छ । त्यस्तै तनहुँ क्षेत्र नम्बर १ को प्रदेश (क) मा टेकबहादुर गुरुङ र प्रदेश (ख) मा सामाजिक अभियान्ता जनजाति समुदायमा लोकप्रिय युवा खड्क आले मगर सिफारिस भएका छन् ।

    तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा केन्द्रीय विज्ञ परिषद् सदस्य सोमबहादुर नेपालीलाई सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।