तनहुँ-२ का लागि पौडेल, वाग्ले र आलेको आवेदन दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-२ का लागि पौडेल, वाग्ले र आलेको आवेदन दर्ता

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७९, मंगलवार

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ-२ प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रवु वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले आवेदन दर्ता गरेका छन् ।

    नेपाली कांग्रेसले आकांक्षीको आन्तरिक आवेदन खुला गरेकामा पौडेल, वाग्ले र आलेले मंगलबार आवेदन दर्ता गराएका हुन् ।

    पौडेल र वाग्ले २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए । दुवै जनाले यसपटक प्रतिनिधिसभामा इच्छा देखाएका छन् ।

    कांग्रेस नेता कृष्ण सिटौला निकट मानिने पौडेलले टिकट पाउने सम्भावना रहेको उनी निकट कार्यकर्ता बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई पनि भागबण्डा मिलाउँदा पौडेलले तनहुँ-२ को टिकटमा बाजी मार्ने सम्भावना रहेको बताइन्छ । पौडेल देउवा प्यानलबाटै १४ औ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । यद्यपि उनी पराजित भएका थिए ।

    देउवासँग निकट रहेका वाग्लेले पनि टिकट आफ्नो पक्षमा पार्न प्रयास गर्नेछन् ।