दमौली । नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका पल शाहको पेशी स्थगित भएको छ । तनहुँ अदालतमा बुधबारका लागि पेशी तोकिएकामा पेशी स्थगित भएको हो ।
गाेलाप्रथाबाट जिल्ला न्यायाधीश दलबहादुर केसीकाे इजलासमा पेशी गरेकामा न्यायाधीश केसी बिदामा रहेकाले पेशी स्थगित भएका शाहका कानून व्यवसायी भानुभक्त सुवेदीले जानकारी दिए ।
यसअघि भदौ ८ गते पनि नवलपुरमा पेशी स्थगित भएको थियो ।