दमौली । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ प्रतिनिधिसभामा सिफारिस भएका छन् । २०७४ मा प्रदेशसभामा विजयी भएका गुरुङले यसपटक प्रतिनिधि सभामा इच्छा देखाएका हुन्।
एमाले क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीले पूर्वमन्त्री गुरुङलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री हुने लक्ष्य सहित प्रदेशसभामा निर्वाचन लडेका गुरुङ तनहुँ क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका थिए । तर पृथ्बीसुव्वा गुरुङ मुख्यमन्त्री भएपछि उनी अर्थमन्त्री भएका थिए । मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा राम्रो काम गरेका उनको विपक्षी पार्टीले पनि प्रशंसा गर्ने गरेका छन् ।
तनहुँ-२ बाटै वर्तमान सांसद केदार सिग्देल र महिलातर्फ विष्णु पराजुली अधिकारी सिफारिस भएका छन् ।
स्थायी कमिटी सदस्य भएको र हेभिवेट भएका कारण तनहुँ-२ मा गुरुङलाई चुनाव जित्न सहज भएको बताइन्छ ।