दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले बॉसबाट निर्मित डस्टवीनको प्रबर्द्धन गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले बॉसबाट बनेको डस्टवीनलाई प्रबर्द्धनको नीति लिएको हो ।
गाउँपालिकाले बॉसबाट बनेको डस्टवीनको प्रदर्शनको तयारी गरेको छ । असोज २ गते हुने प्रदर्शनमा उत्कृष्ट हुनेलाई २० हजार प्रदान गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
उत्कृष्ट भएको बॉसको डस्टवीनको डिजाइनलाई उचित संख्यामा उत्पादन गरी सबै वडामा वितरण गरिने चुमानले बताए ।
‘स्थानीय श्रोत साधन तथा सीपलाई उद्यममा परिणत गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।