भिमादमा नेकपा एसको निर्वाचन परिचालन कमिटी गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा नेकपा एसको निर्वाचन परिचालन कमिटी गठन

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७९, सोमबार

    भिमाद । नेकपा एकीकृत समाजवादीले भिमादमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। सोमबार आयोजित नगर कमिटीको बैठकले नगर अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

    बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि सांगठनिक गति तीव्र रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।

    बैठकमा पार्टीका पोलिटव्युरो सदस्य पिएल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्की, राष्ट्रिय पार्षद् भक्त रसाइली लगायतले सम्बोधन गरेका थिए ।