दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जनकल्याण माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्ये चौधौ र तनहुँमा पहिलो हुन सफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मापन अनुसार जनकल्याण मावि ८७.७१ अङ्क प्राप्त गरी देशकै चौधौ हुन सफल भएको हो । तनहुँका विद्यालयतर्फ भने जनकल्याण पहिलो हुन सफल भएको छ ।
दमौलीस्थित सत्यवती देशभरमध्ये सत्रौ र तनहुँमा दोस्रो भएको छ । सत्यवतीले ८६.३२ अङ्क प्राप्त गरेको छ ।
त्यस्तै व्यास–५ स्थित जनजुक्त शाही मावि देशभरमध्ये ३१ र आँबुखैरेनीको रामशाह मावि ३२ औं भएको छ ।
हेर्नुस् सूची
school-list