काठमाडाै । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका हुन्।
नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरले स्वागत गरे ।
पारिवारिक रूपमा खनाल नेपाली कांग्रेसनिकट परिवारका मानिन्छन् । उनका दाजु सुवीर खनाल गृहमन्त्रालयको सहसचिवबाट राजीनामा दिएर कांग्रेसको राजनीतिमा लागेका थिए । उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सचिवालयमा काम गरेका थिए ।
खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।