दमौली । तनहुँ सूचना समाज सहकारी संस्थामार्फत सञ्चालनमा आएको रेडियो तनहुँ ९७.२ मेगाहर्जको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् ।
शुक्लागण्डकी नगरपालिका झरौटामा सञ्चालनमा रहेको रेडियोको अध्यक्षमा उनी चयन भएका हुन् । रेडियो प्रशारणमा आएको १५ वर्षपछि सञ्चालक समितिको नेतृत्व परिवर्तन भएको हो ।
शनिबार सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनमार्फत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रेशमलाल पौडेल, सचिवमा लालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ र सहसचिवमा नारायणदत्त अधिकारी चयन भएका छन् ।
सदस्यमा समुन्द्रराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, उमाकान्त श्रेष्ठ, पूर्णबहादुर थापा, यामबहादुर खाँण, राजेश्वर खनाल, सुन्दर बस्याल र बलराम मिश्र चयन भएका छन् । अधिवेशनमार्फत गायत्रीप्रसाद पौडेलको संयोजकत्वमा हुमबहादुर खड्का, माधवप्रसाद अधिकारी, सुरजकुमार श्रेष्ठ र कुलप्रसाद गुरुङ सदस्य रहने गरी लेखा समिति गठन गरिएको छ । अधिवेशनले रेडियोको स्थापनाकालदेखि अध्यक्ष भई कार्यकाल सम्हाल्नुभएका प्रा डा चन्द्रबहादुर थापालाई संरक्षकका रूपमा राख्ने निर्णयसमेत गरेको छ ।