तनहुँले विकासमा काँचुली फेर्छ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँले विकासमा काँचुली फेर्छ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७९, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँले विकासमा काँचुली फेर्ने बताएका छन्। नेपाली काङ्ग्रेस प्रतिनिधिसभा सभा क्षेत्रीय कार्यसमितिले बिहीबार दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि तनहुँमा अरबौं बजेट आएको बताए ।

    यो अवधिमा मात्र तनहुँमा रु दुई अर्ब भन्दा बढी बजेट आएको र यसले निरन्तरता पाउने उहाँले बताए । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको बताउँदै पौडेलले कषि र पर्यटनमा क्रान्ति हुँदै गएको उल्लेख गरे ।

    विगतमा गाउँ गाउँमा कच्ची सडक पुगेकाले अब कच्ची बाटो कालोपत्रे हुने पौडेलले बताए। विसं २०४८ सालदेखि तनहुँमा भएका विकासको नेतृत्व काङ्ग्रेसले गरेको र त्यसलाई निरन्तरता पनि काङ्ग्रेसले नै दिने पौडेलको दावी थियो ।

    भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने बताउँदै उनले भने “तनहुँले विकासमा अब काँचुली फेर्छ, विकासको नेतृत्व हामी गर्छौ ।” हरेक गाउँमा रोजगारी र आम्दानीको व्यवस्था मिलाइने भन्दै पौडेलले आफ्नो एकमात्र लक्ष्य त्यही रहेको बताए। “गाउँमै बसुँ बसुँ बनाउनुपर्छ भनेर गाउँमै रोजगारी र आम्दानीको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा लागिरहेको छु,” उनले भने ।

    यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले बिहीबार तनहुँ क्षेत्र नम्बर १ को निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।