म्याग्देको घुम्ती शिविरले सर्वसाधारणलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको घुम्ती शिविरले सर्वसाधारणलाई राहत

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७९, शुक्रबार

    म्याग्दे । म्याग्दे गाउँपालिकाको आयोजनामा वडा नं ६ को सर्वलाङ्ग, क्षेत्रेभञ्याङमा र तिलाहारमा शुक्रबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । योसँगै गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविर सबै वडामा सम्पन्न भएको छ ।

    शिविर पूर्ण रुपमा सफल र जनताको उल्लेख्य सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।शिविरमा विरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको थियो ।

    रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमुना संकलन, औलोरोगको परीक्षण गरिएको थियो । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता गरिएको थियो ।

    शिविरमा महिलाहरुको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेषण एवं परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुवैद सेवा, स्वास्थ्य विमा सेवा घुम्ती शिविरवाट सेवा दिईएको थियो ।

    शिविरले स्थानीयवासीले घरदैलोमै सेवा पाएका छन् । यसले गर्दा सर्वसाधारणलाई राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।