आक्रामक रुपमा घरदैलो अभियानमा उम्मेदवार श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    आक्रामक रुपमा घरदैलो अभियानमा उम्मेदवार श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७९, शुक्रबार

    दमाैली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले घरदैलो अभियानलाई आक्रामक ढंगबाट अगाडी बढाएका छन् । मतदातालाई भेट्दै आफ्ना एजेण्डा सुनाएर आफूलाई मतदान गर्न आग्रह गर्दै श्रेष्ठले आक्रामक रुपमा घरदैलो अभियान अगाडी बढाएका हुन् ।

    श्रेष्ठ केही दिन यता भानु नगरपालिकाका विभिन्न वडामा घरदैलोमा व्यस्त छन् । श्रेष्ठले भानु नगरपालिका–१२ ओख्लेस्थित पूर्व डिआइजी खोजबहादुर गुरुङसँग भेट गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    May be an image of 8 people, people standing, outdoors and tree
    May be an image of 4 people and people standing

    यस्तै श्रेष्ठले भानु नगरपालिका–९ बाइसजाँगरमा घरदैलो गरेका छन् । घरदैलोमा क्रममा स्थानीयले उम्मेदवार श्रेष्ठलाई स्वागत गर्दै विजयको शुभकामना दिएका थिए ।

    May be an image of 6 people, people standing and outdoors

    यसैगरी श्रेष्ठले भानु नगरपालिका–९ रानागाउँमा घरदैलो गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवरलाई विजयी गराउन आह्वान गरेका छन् ।

    May be an image of 3 people and people standing

    घरदैलोका क्रममा जनताबाट प्राप्त समर्थनले उत्साहित बनाएको बताउँदै श्रेष्ठले भने, “जनताको समर्थन नै मेरो जितको आधार हो ।”