पूर्वमन्त्री गुरुङ भन्छनः तीनै सरकारको समन्वयमा विकास निर्माणलाई प्राथमिकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    पूर्वमन्त्री गुरुङ भन्छनः तीनै सरकारको समन्वयमा विकास निर्माणलाई प्राथमिकता

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०७९, आईतवार

    भिमाद । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले अधुरा योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

    आइतबार भिमाद नगरपालिका वडा नम्बर ३, ४ र ५ का विभिन्न स्थानमा भएका मतदाता भेटघाट एवं कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    ‘प्रदेशको अर्थमन्त्री हुँदा थुप्रै योजना कार्यान्वयन भई सम्पन्न भएका छन् । कतिपय योजना अधुरै छन्,’ उनले भने, ‘मैले शुरु गरेका योजना केदार सिग्देलले पुरा गर्नुहुने छ । सिग्देलले शुरु गरेका कामलाई मैले पूर्णता दिनेछु । गुरुङ निर्वातमान प्रदेश सभा सदस्य हुन भने सिग्देल निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।

    नेता गुरुङले क्षेत्र नं. २ प्रदेश १ मा नेता श्यामराजा महत र २ मा सिग्देलसँगको समन्वय र सहकार्यमा तनहुँको २ नम्बर क्षेत्रलाई रुपान्तर गर्ने प्रतिवद्धता जनाए । उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरि विकास निर्माण अगाडी बढाउने बताए ।

    विगतमा नेपाली काङग्रेसले लामो समयदेखि जितेको यस क्षेत्रलाई ५ वर्षमा विकास निर्माणमा महत्वपूर्ण आधार निर्माण भएको उनले दाबी गरे । उनले भने, ‘गफ र आश्वासन गर्ने भन्दा पनि कामै गर्ने व्यक्तिलाई संसदमा विजयी गराएर पठाउनुहोस ।’

    तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले जनताको घरदैलोमा पुग्दा मतदाताले देखाएको मायाले उत्साह थपेको बताए । उनले विगतमा भएका कामको मुल्यांकन गरि एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।