दमौली । लियो क्लव अफ तनहुँले व्यास-४ स्थित दमौली कलेजमा लागुऔषध तथा ट्राफिक सचेतना सञ्चालन गरेको छ । क्लवले प्रहरीसँगको सहकार्यमा सोमबार कलेजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरेको हो ।
युवा पुस्तामा प्रमुख समस्याको रुपमा रहेको लागुऔषधले पार्न सक्ने प्रभावबारे जानकारी दिन कार्यक्रम गरिएको क्लवका अध्यक्ष महमद गफ्फार (सुदीप) ले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष मनबहादुर गुरुङले युवालाई लक्षित गरिएको यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
प्रहरी निरीक्षक भानु शर्माले लागुऔषध र ट्राफिक नियमा बारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा इश्वर बास्तोला र विनित सुनारले लागुऔषधमा फसेको आफ्नो भोगाईबारे अनुभव राखेका थिए ।
६५ औ लियो दिवसको अवसर पारी आयोजित कार्यक्रममा १५० विद्यार्थीको सहभागिता थियो ।