आन्तरिक राजस्व वृद्धि र रोजगारी सिर्जनाका लागि ऑबुखैरेनी-पालुङटारको सहकार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आन्तरिक राजस्व वृद्धि र रोजगारी सिर्जनाका लागि ऑबुखैरेनी-पालुङटारको सहकार्य

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७९, मंगलवार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकाले आन्तरिक राजश्व वृद्धि र रोजगारी सिर्जनाका लागि सहकार्य गर्ने भएका छन् ।

    ऑबुखैरेनीमा मंगलबार सम्पन्न अन्तरपालिका बैठकले दुवै पालिकाको राजश्व वृद्धि र रोजगारी सिर्जना गर्नका लागि सहकार्य गर्ने निर्णय गरेको हो ।

    दुई पालिकाको सीमाक्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजनाबाट निर्मित कृत्रिम तालमा मत्स्यपालन तथा जलपर्यटन पूर्वाधार निर्माण गर्ने निर्णय गरेको ऑबुखैरेनीका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘यसबाट आन्तरिक राजस्व वृद्धि तथा स्थानीय श्रोतको परिचालन गरी रोजगारी सिर्जना हुनेछ,’ उनले भने ।

    उनका अनुसार पालिकाको विकास निर्माण र सार्वजनिक सेवाका विषयमा निरन्तर संवाद, छलफल, समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।

    बैठकमा पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, उपप्रमुख बन्दना पाण्डे, ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, पालुङटारका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत सहभागी थिए ।